डडेल्धुराकी १९ वर्षीया पार्वती धामी एमालेको वडासचिवमा चयन


डडेल्धुरा – डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं ३ मा १९ वर्षकी पार्वती धामी नेकपा एमालेको वडासचिवमा सर्वसम्मत चयन भएकी छिन् । उनी डडेल्धुरामा सबैभन्दा कम उमेरमा सचिवमा निर्वाचित भएकी हुन् ।

डडेल्धुराका धेरै ठाउँमा युवा अनुहार आएको नेकपा एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउदले जानकारी दिए । आज शुक्रबार भएको वडा अधिवेशनमा डडेल्धुराका ५२ वडामध्ये ४६ वडामा सर्वसम्मत नेतृत्व चयन भएको अध्यक्ष साउदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0