म वकिल


न सत्य बोल्ने न बोल्न सिकाऊने
झुटै झुट मा देश बिकाऊने
म वकिल
मेरो कालो कोट को कालो कथा
लाजै लाग्छ सुन्दा यो देश को ब्याथा
जता पैसा ऊतै पुलुक्क , झुक्ने कालो कोट
आज मज्जा ले खाईस कठै काले , चोटै चोट

अदालत का ती काला कर्तुत
लुकाऊने काला कोटे का हुर्कुत
क्या गज्जब छौ काला रुपी कुटहरु
लाज लुकाऊन लाऊन है , काला बुट बरुवकिल,
तिम्रो नाम हैन काम नै काले
कति पाऊछौ र खान्छौ दीन कै राता भाले
कोट कालो , धन कालो , मन कालो
माथि आऊने पहीलो नम्बर मै तिम्रो सालो

देश डुबाऊने एक नम्बर कै तिमि काले
खाऊ मज्जा ले रात दीन , रातो कालो सेतो भाले
न सत्य बोल्ने न बोल्न सिकाऊने तिम्रा शिक्षा
लुटेर कति खान्छौ काले बरु खाऊ मागेर भिक्षा

पार्टी तोडीस देश फोडीस , सत्ता मोडीस काले
तेरो नाम त काले हैन संबिधान मै राखौ न हो साले
जहा नोट त्याहा पुग्छ , हुतिहारा काले कोट
न सुट न बुट , जनता लाई दीने तिम्ले चोटै चोट

काले तेरो नेता ले देश गोजिमा हाले
तेरो नाम काले हैन राखौ न हो साले
भुक काले भुक्नु सम्म भुक र कही न चुक
पार्छन काले अब जनता ले तिम्रो नुन र चुक

भो काले , तिमि सत्ता तिमि भत्ता के छ र यहा
कालो कोट मा दाग लाग्दा जाने र खै कहा
भुक काले भुत घाटी सुक्न सम्म भुक , भुक
आऊदै छ पालो तिम्लाई जनता ले लाऊलान नुन र चुक
काले काले मिले भाले , देश गोजीमा हाले
भुक्दा बोली थरिथरि , रुप रंग एऊटै खाले
बाहीर हेर्दा कालो कोट छ , भित्र सुन र सुरा
ऊठौ जनता एक हौ फेरी , बौकौ सबले छुरा

हाल टोकियो जापान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0