अत्तरिया – धारिलो चक्कु प्रहार गरी हत्या गरेको आरोपमा कैलालीबाट एक युवक पक्राउ परेका छन । टीकापुर नगरपालिका – ८ का १८ वर्षीय अनुप साउदको हत्या गरेको आरोपमा भजनी नगरपालिका–३ का १९ वर्षीय किरन साउद पक्राउ परेका हुन ।
प्रहरीका अनुसार किरनले प्रहार गरेको चक्कबाट गम्भीर घाइते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।
हत्या पछि आफन्तको घरमा टीकापुर गएका किरनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताएका छन ।
घटनामा संलग्न किरण साउदको खोजतलास पश्चात ईलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता विष्टले बताए ।