जनगणना कार्यालय दार्चुलामा तालाबन्दीः कालापानी, लिपुलेक र लिम्पियाधुरा जनगणना गर्न माग

0
34

दार्चुला – भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा जनगणना गर्न माग गर्दै तालाबन्दी गरिएको छ । जनगणनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति दार्चुलाले शुक्रबार दार्चुलामा रहेको जनगणना कार्यालयमा तालाबन्दी गरेको हो । जिल्ला जनगणना अधिकारी पदमराज पाण्डेयले ३ जना आएर कार्यालयमा ताला लगाएर हिडेपनि पछि सुरक्षाकर्मीको टोलीले ताला खोलेको बताए ।

तालाबन्दी पछि नेपाल कम्युनिष्ट पार्टी जिल्ला समितिका सचिव भरत मल्लले एक प्रेस बिज्ञप्ती जारी गर्दै कालापानी, लिपुलेक, लिम्पियाधुराका अतिरिक्त ब्यास गाउँपालिकाका छाङरु, गागा, तल्लोकावा, गुन्जि, नाभी, कुटीलगायतका गाउँका स्थानीयलाई गणनामा छुटाएमा थप संर्घषका कार्यक्रम गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here