सुदूरपश्चिममा ८ जिल्लाका ५६४ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन


धनगढीः नेकपा एमालेले सुदूरपश्चिममा बझाङ बाहेकका ८ जिल्लाका ५६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। ७३४ वडा रहेको प्रदेशमा बझाङ बाहेकका ५६४ वडामा अधिवेशनपश्चात सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए।
उनका अनुसार १३ वटा स्थानीय तह रहेको कैलालीका ११० वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। यस्तै ९ स्थानीय तहका ९२ वडा रहेको कञ्चनपुुरमा ६ वडाबाहेक सबै वडामा अधिवेशन सम्पन्न भएको छ। बाँकी रहेका ६ वटा वडामा शनिबार नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुने एमाले कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापाले बताए।
उता डोटीमा ६५ मध्ये ५९, अछाममा ९१ मध्ये ६१, डडेल्धुरामा ५२ मध्ये ४३, बाजुरामा ६९, बैतडीमा ४ मध्ये ७ र दार्चुला ६१ मध्ये ५९ वडामा अधिवेशन सम्पन्न भएको रावलले जानकारी दिए। ‘बझाङमा बाढीपहिरोले क्षति पुगेको हुँदा केही दिन ठुलो हुन्छ,’ उनले भने, ‘बाजुरा जिल्लामा त आधा दर्जन पालिकामा पनि अधिवेशन भइसकेको छ।’
सुदूरपश्चिम प्रदेशमा १२ गते वडा अधिवेशन र १५ गते पालिका अधिवेशन गर्ने कार्यसूची तय गरिएको छ। तर नेतृत्व सर्वसम्मत चयन गर्ने रणनीतिका कारण केही ढिलाइ भइरहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0