गोदावरीका ८ वडामा एमालेको वडाअधिवेशन सम्पन्न


अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ८ वटा वडामा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) एमाले को वडाअधिवेशन सम्पन्न भएको छ । १२ वटा वडा रहेको गोदावरी नगरपालिकाका ८ वटा वडामा सर्वसम्मत रुपमा वडाकमिटिहरु चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

वडा नं. २ मा डम्मर साउँदको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि सर्वसम्मत चयन भएको छ भने वडा नं. ३ मा विरेन्द्र अवस्थीको अध्यक्षतामा सर्वसम्मत वडाकमिटि चयन भएको छ ।

यसैगरी वडा नं. ६ मा सन्तोष सिँहको अध्यक्षतामा, वडा नं. ८ मा गोबिन्द चौधरीको अध्यक्षतामा, वडा नं. ९ मा सर्जन ठकुल्लाको अध्यक्षतामा, वडा नं. १० मा झंकर कोलीको अध्यक्षतामा, वडा नं. ११ मा लोक बहादुर कोलीको अध्यक्षतामा र वडा नं. १२ मा नन्द सिँह बि।क को अध्यक्षतामा सर्वसम्मत रुपमा वडाकमिटिहरु चयन भएका नेकपा एमालेका गोदावरी नगरकमिटि सचिव आनन्द भट्टले जानकारी दिए ।

वडा नं. १, ४ र ५ मा भने भोली (शनिबार) नेतृत्व चयन हुने उनले बताए । यसैगरी वडा नं. ७ मा अन्य पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन भैसकेपनि अध्यक्षको टुङ्गो नलागेको उनले बताए । उनले वडा नं. ७ मा पनि शनिबार नै अध्यक्षको टुङ्गो लाग्ने उनले बताए । एमालेको नगर अधिवेशन यही कार्तिक १५ गते हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0