कांग्रेसमा कार्यबाहक सभापतिको जिम्‍मेवारी निधिले पाए


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापतिको जिम्‍मेवारी दिइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप-२६ मा भाग लिन बेलायत गएकाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

कांग्रेसका मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ कांग्रेस सभापति, संसदीय दलका नेता एवं सम्‍माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप(२६ मा भाग लिन बेलायत प्रस्थान गर्नु भएकाले नेपाली कांग्रेसको विधान २०१७ ९संशोधन सहित०को धारा २५ को उपधारा १३ बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति तोक्नु भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0