दिपावलीको अवसरमा वडास्तरिय जुगेडा प्रिमियर लिग (जेपिएल) हुने


अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १२ जुगेडामा वडास्तरिय जुगेडा प्रिमियर लिग (जेपिएल क्रिकेट प्रतियोगीता आयोजना हुने भएको छ । नेपालीहरुको महान पर्व दिपावलीको अवसरमा स्थानिय हनुमाननगर युवा क्लबले प्रतियोगीताको आयोजना गर्ने भएको हो ।

वडामा रहेका क्रिकेटप्रेमी युवाहरुको प्रतिभालाई उजागर गर्न प्रतियोगीता आयोजना गर्न लागीएको क्लबका उपाध्यक्ष बालकृष्ण अवस्थीले जानकारी दिए ।

यही कार्तिक १६ गतेदेखी सुरु हुने उक्त प्रतियोगीताको प्रथम पुरस्कार नगद रु। ३० हजारका साथै ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय पुरस्कार नगद रु। १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको उनले बताए ।

उक्त प्रतियोगीतामा वडाभित्रका मात्रै ७ वटा टिमको सहभागीता रहने उनले बताए । प्रतियोगीता सञ्चालनका लागी करिब १ लाख लाग्ने अनुमान रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0