स्वर्गिय राजा महेन्द्रको शालिक पुनः निर्माण कार्यको शुभारम्भ कार्तिक १६ गते


अत्तरिया– स्वर्गिय राजा महेन्द्रको शालिक पुनः निर्माण हुने भएको छ । कैलालीको गोदावरी नगरपालिका १ अत्तरिया चोकमा शालिक पुनः निर्माण हुने भएको हो । २०६२/६३ को जनआन्दोलनको क्रममा राजा महेन्द्रको शालिक भत्काइएको थियो । सुदूरपश्चिमको प्रवेश द्धारको रुपमा रहेको कैलालीको अत्तरिया चोकमा शालिक पुनः निर्माणको कार्य यहि कार्तिक १६ गते शुभारम्भ हुने शालिक पुनः निर्माण समितिका अध्यक्ष हरीदत्त भट्टराईले बताए ।

२०६२/६३ को जनआन्दोलनका क्रममा भत्काइएको शालिक पुन निर्माणका लागि गत असोज १६ गते आम भेला गरी निर्माण समिति गठन गरेको थियो । उक्त समितिले आम नागरिकसंग स्वईच्छाले आफ्नो गक्षअनुसारको सहयोग गर्न अनुरोध गरेको थियो । स्वईच्छाले गरेको सहयोगबाट संकलन भएको रकमले स्वर्गिए राजा महेन्द्रको शालीक पूर्वत जस्ताको त्यस्तै निर्माण हुने भएको छ ।

एतिहासिक महत्व बोकेको महेन्द्रको शालिक पुनः निर्माणको जिम्मा आम नागरिकको काधमा आएको थियो । जनआन्दले क्षति पुर्याएको राष्ट्रिय पहिचानको सम्पदा महेन्द्रको शालिक पुनः निर्माण गर्नु पर्ने भन्दै गत असोज १६ गते समिति गठन गरिएको थियो । हरीदत्त भट्टराईको अध्यतामा गठन गरिएको उक्त समितिले कार्तिक १६ गते शालिक पुुनः निर्माण कार्यको शुभासम्भ गर्ने भनि प्रेस विज्ञप्ती निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0