गोदावरीमा एक लाख धनराशिको नगरस्तरिय फुटबल प्रतियोगिता १४ गतेदेखि हुने


अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा एक लाख धनराशि पुरस्कारको फुटबल प्रतियोगिता हुने भएको छ । गोदावरी नगरपालिका – ३ मालाखेतीमा रहेको न्यु मालिका युवा क्लवको आयोजनामा नगरस्तरीय फुटबल प्रतियोता आयोजना गर्न लागिएको हो ।

बिहिबार क्लवले मालाखेतीमा प्रत्रकार सम्मेलनको आयोजना गर्दै दिपावली पर्वलाई लक्षित गरी कार्तिक १४ देखि १८ गते सम्म हुने आयोजक कमिटिले जनाएको छ ।
प्रतियोगिताका संयोजक महेश बिष्टले प्रतियोगिताले गाउँ– गाउँमा लुकेर रहेका प्रतिभालाई आफ्नो खेल प्रदर्शन गर्ने अवसर प्रदर्शन गर्ने बताए । उनले प्रतियोगिताले युवा पिढीलाई फुटबल तर्फ आकर्षित गरी युवाहरुलाई कुलतमा फस्नबाट बचाउन टेवा पुग्ने बताए ।

नकआउट चरणमा खेलाइने प्रतियोगितामा प्रथम पुरुस्कार १ लाख र द्धितिय पुरुस्कार ५० हजार राखिएको आयोजकले जनाएको छ । प्रतियोगिता गोदावरी नरपालिका – ३ मा र रहेको मालिका युवा क्लवको खेल मैदानमा हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष भरत राज भट्टराईले आफ्नो क्षेत्रमा ठूला–ठूला प्रतियोगिता आयोजना भएर बाह्य खेलाडीले खेल्ने गरेका भएपनि नवप्रतिभावान स्थानिय खेलाडीले भने अवसर कम पाउने गरेको बताए । उनले क्लवले आयोजना गरिरहेको नगरस्तरिय प्रतियोगिताले स्थानिय खेलाडीलाई स्थान दिने बताए ।

प्रत्रकार सम्मेलनमा सहभागि गोदावरी नगरपालिका – ३ का वडा अध्यक्ष मोहन खत्रीले प्रतियोगिता आयोजना गर्नका लागि वडाबाट १ लाख सहयोग गरिने बताए । उनले खेलकुदले मानिसलाई स्वास्थ्य राख्न मदत गर्ने भएकाले यस्ता प्रतियोगिताले महत्तपूर्ण भूमिका खेल्ने बताए । उनले आगामी दिनमा वडाले भलिबल लगायतका खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

‘खेलकुदको सम्पूर्ण विकासका लागि वडाले मात्रै एक्लै केही गर्न सक्दैन’ उनले भने ‘यसका लागि स्थानिय युवा तथा क्लवहरुले अगाडी बढ्नु पर्छ । त्यसमा हामी साथ दिन तयार छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0