एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्षमा जीवनराज थापा

0
7

धनगढीः नेकपा एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्षमा जीवनराज थापा चयन भएका छन्। तत्कालीन एमाले कञ्चनपुरका उपाध्यक्ष थापा एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्षमा चयन भएका हुन्।

बुधबार बसेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले थापाको नेतृत्वमा ७ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेको हो। थापा पुनर्वास नगरपालिकाका नगर प्रमुख हुन्। यसअघि एमाले विभाजन हुँदा कञ्चनपुरका तत्कालीन अध्यक्ष तारालामा तामाङलाई समाजवादीको जिम्मेवारी दिइएको थियो। तर, उनी अहिले प्रदेश कमिटीका लागि सिफारिस भएका छन्।

थापा नेतृत्वको एकीकृत समाजवादी कञ्चनपुर जिल्ला कमिटीको उपाध्यक्षमा रविन्द्र कुँवर र महिला उपाध्यक्षमा पूर्णा गुरुङ्ग चयन भएका छन्। यस्तै सचिवमा हर्क सिंह धामी, उप–सचिवमा आरपी सार्की, लाल बहादुर शाही र राजेन्द्र पाण्डेय चयन छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here