प्रतिनिधिसभाको बैठक कात्तिक २९ गते सम्मका लागि स्थगित

0
10

काठमाडौँ- प्रतिनिधिसभाको अर्को बैठक कात्तिक २९ गते बस्‍ने भएको छ । कात्तिक २९ गते सोमबार दिउँसो १ बजे बस्‍ने गरी बिहीबारको बैठक सकिएको हो ।

बैठकमा एमालेको अवरोधकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७र०७८ पेस गरेका थिए ।

त्यस्तै, प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम विविध कारणले लागातार १० वा सो भन्दा बढी बैठकमा उपस्थित हुन नसकेका तीन सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरीको अनुपस्थितीको सूचनालाई सभाले स्विकृती जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here