पहिरोमा बेपत्ता बझाङको डिक्लाका १९ जनालाई मृत घोषणा गर्ने तयारी


बझाङ – कात्तिक १ गते बझाङको थलारा गाउँपालिका–४ डिक्लामा आएको पहिरोमा परेर बेपत्ता मध्ये हालसम्म ४ जनाको शव फेला परेको छ । उनीहरुको शव नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले फेला पारेको थियो ।

तर १९ जना अझै बेपत्ता रहेका छन् । बेपत्ताहरु फेला नपरेपछि बुधबारदेखि खोजी कार्य बन्द गरिएको छ । बेपत्ताको शव भेटे अन्तिम संस्कार गर्नसक्ने अवस्था रहेकोमा उद्धार टोली नै फर्किएकोमा पीडित परिवार भने दुखित बनेका छन् ।

पर्याप्त जनशक्ति, उपकरण र प्रविधिको अभावमा खोजीकार्य सफल हुन नसकेको बताइएको छ । प्रविधि अभाव र धेरै दिन बितेकाले खोजी कार्य स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रूपक खडकाले बताए ।

बेपत्ता भएकाहरू भेटिने सम्भावना नरहेको र अब प्रक्रिया पु¥याएर सबैलाई मृत घोषणा गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0