महाकालीमा डुङ्गा पल्टिदा बेपत्ता भएका दुई जनामध्ये १ को शव भेटियो


बैतडी – बैतडीको महाकाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । काम विषेशले भारत जाने नेपाली यात्रुलाई पारी तार्ने क्रममा डुङ्गा पल्टिदा बेपत्ता भएकी बैतडीको शिवनाथ गाउँपालिका – १ का चक्रसिंह साउँदकी १५ वर्षीया छोरीको शव भेटिएको हो ।

अर्का बेपत्ता भएका साउँदकै ८ वर्षीय छोराको भने खोजी जारी रहेको वडाध्यक्ष कर्ण साउँदले बताए । बालकको खोजीका लागि बिहानै नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गएका प्रहरीले जनाएको छ । शिवनाथ गाउँपालिका –१ खाँड घाटमा बुधवार १० जना सवार डुङ्गा पल्टिएको थियो । तीमध्ये ८ जना पौडी खेलेर पारी पुग्न सफल भएका र २ जना बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0