सुदूरपश्चिममा एमालेको वडा तथा नगर अधिवेशन १२ र १५ गते हुने


धनगढीः सुदूरपश्चिम प्रदेशमा एमालेको वडा तथा नगर अधिवेशन कात्तिक १२ र १५ गते हुने भएको छ। सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरुमा बाढी र पहिरोबाट ठूलो क्षति पुगेपछि अधिवेशनहरू सारिएको एमाले सुदूरपश्चिमले जनाएको छ। तर, तयारी पूरा भएका केही जिल्लाका केही वडामा भने अधिवेशन सम्पन्न भएको बताईएको छ।

बाढी तथा पहिरोबाट कम क्षति भएका तथा तयारी पूरा भएका केही क्षेत्रमा भने अधिवेशन सकिएको एमाले प्रदेश सचिव राजेन्द्र रावलले बताए। हालसम्म डडेल्धुराको एक वडा, अछाम, बाजुरा र दार्चुलाका केही वडामा अधिवेशन सम्पन्न भएको छ। ती क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको सचिव रावलको भनाई छ।

बाँकी रहेका क्षेत्रमा १२ र १५ गते अधिवेशन गर्ने तयारी भइरहेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै १२ र १५ गते हुने अधिवेशन सम्पन्न गर्न जिल्लाका अध्यक्ष तथा प्रदेशका सदस्यहरूलाई सहजीकरण गर्न समेत आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0