बझाङमा सडक सुचारु हुन अझै समय लाग्ने


दिपक राज जोशि-असोज ३१ देखि कार्तिक २ गते सम्म आएको बेमौसमि बर्षाले तहसनहस पारेको जयपृथ्वी राजमार्ग सडक पुर्णतया सञ्चालनमा आउन अझै समय लाग्ने भएको छ । नारुगौडा र जाल्या बगरमा सेति नदिले सडक खण्ड बगाएपछि अहिले यातायात असहज बन्दै गईरहेको छ ।
जिल्ला भित्र आउने सवारि साधन अहिले नारुगाड पारि सम्ममात्र आउने गरेका भएपनि सदरमुकाम चैन्पुर बाट का सवारिसाधन तमैल सम्म आवतजावत गरिरहेका छन् । नारुगौडामा कडा चट्टान फोडेरमात्र सडक मार्ग सञ्चालनमा ल्याउन सकिने सम्भावना छ । जाल्या बगरमा सेतिको पानीको मात्रा घटेपछि बहाब परिवर्तन गरि अस्थायी रुपमा सडक सञ्चालन गर्न सकिने छ ।
नारुगौडामा चट्टान फोडेर सडक सञ्चालन गर्नका लागी अहिले सम्म जिम्मेवारि अधिकारि छलफल र बैठकमै व्यस्त छन । नारुगौडामा बम ब्लास्ट गरेर चट्टान फोड्ने तयारि भईरहेको सडक कार्यालय पाटन बैतडि का प्राबिधिकले जानकारि दिएका छन् । नारुगौडामा नौ दिन सम्ममा सडक सञ्चालन गर्न सकिने लक्ष्यका साथ काम भईरहेको सडक कार्यालयका अधिकारिले बताईरहेका छन् । तर जाल्या बगरमा भने सेति नदिको बहाब कम भएपछि नदिलाई डाईभर्सन गराएर मात्र सडक सञ्चालनमा आउने छ ।
यातायात सुचारु नहुदा खानापकाउने ग्यास, औषधि र दैनिक उपभोग्य सामाग्रीकोे अभाब भईरहेको छ । जिल्ला भित्र का पालिका जोड्ने शाखा सडकहरु भने खोल्न लागीरहेका छन् । नारुगौडामा सडक सञ्चालन भएमा भाडेबजार बाट छबिसपाथिभेरा हुदै चैन्पुर सम्म यातायातका साधन सञ्चालनमा ल्याउन सकिने सम्भावना छ । विद्युतको राष्ट्रिय प्रशारण लाईन को पनि मर्मत कार्य भईरहेकोले विजुलि पुग्न समेत अझै केहि दिन लाग्न सक्ने अधिकारिले बताईरहेका छन । विद्युत नहुदा नेपाल टेलिकमको नमस्ते मोबाईलको सेवा समेत प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0