बेमौसमी बर्षाले कैलालीमा ३ अर्ब बढीको धानबालीमा क्षति


दिर्घ शाही, अत्तरिया– बेमौसमी बर्षाका काराण कैलालीमा झण्डै तीन अर्ब बराबरको धान क्षति पुगेको छ । असोज ३१ गने आइतबार साँझबाट सुरु भइ तीन दिनम्म परेको अबिरल बेमौसमी बार्षाका कारण कैलालीमा खाद्य संकट हुन सक्ने जोखिम बढेको छ । बमौसमी बर्षाले कैलालीमा अनुमानित ५० देखि ६० प्रतिशत धान क्षति भएको कृषी ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए ।

कृषि ज्ञान केन्द्र कैलालीले जिल्लामा ५० देखि ६० प्रतिशत धान क्षति भएको अनुमान गरेको छ । अहिले नै कति क्षति भयो भनेर भन्न सकिने अबस्था नभएको र अनुमान गरेको भन्दा बढि नै क्षति हुन सक्ने सम्भावना रहेको शर्माले बताए ।

कैलालीको पूर्वी क्षेत्रमा ९० प्रतिशतको हाराहारीमा क्षति भएको छ । टीकापुर नगपारपालिकामा कर्णाली नदीले ठुलो क्षति गरेको हो । उनले भने ‘ जिल्लाको पूर्वी क्षेत्रमा बाढीले बढी क्षति पु¥याएको छ । कर्णाली नदी गाउँ पस्दा बस्ती नै विस्तापित भएका छन । घर भित्रकै अन्नपात बाढीले बगाएको छ । खेतामा खाटेको र नकाटेको सबै धान बाढीले नष्ट गरेको छ । त्यसै समग्र जिल्लाका हकमा पूर्वी क्षेत्र बढी प्रभावित भएको छ ।

कैलाली जिल्लामा यस वर्ष पनि ७० हजार हेक्टर जमिनमा धान लगाइएको थियो । बेमौसमी बर्षाले कैलालीमा ३५ हजार हेक्टर भन्दा बढी जमिनमा लगाएको धानबाली नष्ट गरेको शर्माले बताए । सबै स्थानीय तहल विवरण संकलन गरिरहेका छन । अहिले सम्मको अथ्याङ्क अनुसार ३५ हजार हेक्टर जमिनमा लगाएको धानबाली आंशिक र पूर्णरुपमा क्षति भएको छ । सबै स्थानीय तहहरु विवरण संकलन गरिरहेका छन । अबको केहि दिनमा सबै विवरण सावैजनिक गर्ने कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

गत वर्ष छ लाख ७० हजार पाँच सय मेट्रिक टन धान फलेको सुदूरपश्चिममा यसवर्ष ७ प्रतिशत उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो । गत वर्षको उत्पादन मध्ये कैलालीमा मात्रै तीन लाख ४० र कञ्चानपुरमा एक लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएकोथियो । यी दुवै जिल्लामा वर्षाले सबै भन्दा बढी क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

कैलालीमा अन्य बालीमा पनि क्षति भएको छ । हिउँदे तरकारी, केरा खेती, सुन्तला खेतीमा पनि १० देखि १५ प्रतिशत क्षति भएको कृषी ज्ञान केन्द्र कैलालीले जनाएको छ । केहि क्षेत्रमा दशै अगाबै धान काटी सकेर हिउँदे तरकारी लगाएका सबै क्षेत्रमा क्षति पुगेको छ । तरकारी खेतीमा पूर्ण रुपमा क्षति एको र केरा खेतीमा कुनै ठाउँमा पूर्ण रुपमा र केहि क्षेत्रमा आंशिक रुपमा क्षति भएको शर्माले बताए । हावा हरीले कुरेका केहि क्षेत्रमा लगाएको सन्तलामा पनि क्षति प¥याएको छ । जिल्लाको पूर्वी क्षेत्र टीकापुरमा कर्णाली नदीले धनसिंहपूर देखि भारतको बाउडर सम्म क्षति गेको छ ।

हुलाकी सडक कटान गरी टीकापुर क्षेत्रमा पुसेको कर्णाली नदीका कारण दर्जनौ घर विस्तापित भएका छन । विस्तापित परिवारहरु अहिले पनि विद्यालयमा बसी रहेका छन । त्यस्तै, महना नदी, खुटीया नदी, कनरी नदीले पनि ठुलो क्षति गरेको छ ।
पानीमा भिजेको सब धान उम्रिन थालेको छ । धेरै बाढी आएको ठाउँमा नकाटेको धान पनि बाढीले बगाउदा सबै उम्रिन थालेको छ । उम्रिन लागेको र भिजेर कोलो भएको सबै धान नष्ट भएको कृषी ज्ञान केन्द्र कैलालीले जनाएको छ । कैलालीमा ६० प्रतिशच भन्दा बढीले दशै अगाबै धान काटी सकेका थिए । बाँकीले दशैपछि काटे दशैको रमाइलोमा भुलेर किसनहरुले थ्रेसर नलगाइ खेतमै धान कुनिउ बनाएर राखेको थिए । यसरी अचानक बाढीपहिरो नै आउने गरी पानी आउला भनेर कसैले सोचेको पनि थिएन । तर आज सबै किसानहरु ठुलो संकटमा परेको शर्माले बताए ।

अर्काे बर्षका लागि धानको बिउ नै पाउन मुस्किले हुने कृषी ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए । उनले भने ‘कैलाली कञ्चनपुरमा सबै धान नष्ट भएको छ । अर्काे बर्षका लागि धानको बिउ नै पाउन मुस्किल हुन सक्छ । हामीले अर्काे बर्ष अन्य जिल्ला वा विदेशबाट बिउ ल्याउनु पर्ने अबस्था आएको छ । कैलालीमा खाद्य संकटको त ठुलो जोखिम नै छ तर अर्काे बर्षका लागि बिउ बाहिरबाट ल्याउँदा किसनहरुले महंगो मुल्यमा विउँ किन्नु पर्ने बाध्यता आउन सक्ने सम्भावना छ ।

कैलालीमा अनुमानित २५ सय घरमा क्षति भएको कैलालीका सहायक जिल्ला अधिकारी हरिलाल चौधरीले बताए । जिल्ला भरी भएको पूर्ण क्षतिको विवरण आउन अझै एक हप्ता लाग्ने उनले बताए । सबै स्थानीय तहमा कति क्षति भएको छ भन्ने बारेमा विवरण संकलन भइरहेको छ । संकलन भइरहेको विवरण आएपछि किसानहरुले प्रहरी, स्थानीय तह, रेडक्रस सबैलेको संयुक्त प्रहरी सर्जिकल मुचुल्कासहित विवरण पेश गरेपछि राहतको काम सुरु हुन चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0