अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले असोज महिनामा भेरोसेलको पहिलो डोज लगाएकालाई कार्तिक १० गते देखि दोस्रो डोज लगाउने भएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले जारी गरेको सूचना अनुसार नगरभित्र असोज १० देखि १४ गते सम्म संचालन भएको कोरोना खोप कार्यक्रममा सहभागिलाई कार्तिक १० देखि १२ गते सम्म दोस्रो डोज दिन लागिएको हो ।
जसका लागि नगरभित्र १२ वटा खोप केन्द्र तोकिएका छन । नगरपालिकाको स्वास्थ्य खाशा प्रमुख नवराज अवस्थीले कोरोना खोपको दोस्रो डोज लगाउन आउँदा पहिलो डोज लगाएको कार्ड अनिवार्य ल्याउनु पर्ने बताए ।