बाढीपहिरोमा परी सुदूरपश्चिमका ३७ जनाको मृत्यु


धनगढी – सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आईतबार सम्म मृत्यु हुनेको संख्या ३७ पुगेको हो ।

बाढीपहिरोमा परी बझाङमा १२ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् । त्यसै डोटीमा १६ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरीका अनुसार बैतडीमा ४, डडेल्धुरामा ३, अछाम र कैलालीमा १र१ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशमा हालसम्म २२ जना बेपत्ता छन् । बेपत्ता हुनेमा बझाङमा १९ र बैतडी, डोटी, कैलालीमा १र१ छन् । यस्तै १७ जना घाइते छन् । डोटीमा ११, डडेल्धुरा, बैतडीमा २र२ जना, बझाङ र बाजुरामा १र१ जना घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0