अत्तरिया– असोज ३१ गते आइतबार साँझदेखि लगातार तीन दिन सम्म परेको बेमौसमी अविरल बर्षाका कारण भएको हानी नोक्सानीको विवरण प्रहरी मुचुल्कासहित बुझाउन कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ को कार्यालयले सूचना निकालेको छ । बमौसमी बर्षाका कारण वडामा के कति क्षेती भयो सामुहिक रुपमा प्रहरी मुचुल्का बनाइ वडा कार्यालयमा बुझाउनु पर्ने वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टटले बताए ।
प्रदेश सरकार र केन्द्रिय सरकारले दिने क्षतीपूर्ति पाउनबाट कुनै पनि किसन ठगिन नपरोस भनि प्रहरी मुचुल्कासहित विवरण पेश गर्न सूचना निकालेको भट्टले बताए । नेपाल सरकारबाट पाउने राहात सबै नागरिकले पाउन । नगरपालिका भरी कति हानी नोक्सानी भएको छ भन्ने बारेमा हाम्रो टोलीले पनि विवरण तयार पारीरहेको छ । तर सामुहिक रुपमा प्रहरी मुचुल्का बनाएको खण्डमा कुनै पनि किसानहरुले ठगिनु पर्ने अबस्था नआउने भएकोले हामीले यस्तो सूचना निकालेका हौं । उनले भने ।
नगरपालिका भरी कति हानी नोक्सानी भयो भन्ने एकिन छैन । विवरण संकल भइरहेका छ । भट्टले भने ‘हाल सम्म कुनै एकिन विवरण आएको छैन । ठुलो मात्रामा नोक्सानी भएको हुँदा सबै विवरण आउन केहि समय लाग्न सक्छ । केहि ठाउँमा नदीदे खटान गरेको छ । एक जना खुटिया नदीले बगायो । धान बाली र अन्य बालीमा कति नोक्सानी भयो अहिले नै भन्न सकिने अस्था छनै ।’
बेमौसमी अविरल बर्षाका कारण कैलाली र कञ्चनपुरमा अधिकांश किसानको धान नष्ट भएको छ । काटेर खेतमा राखेको र नकाटेको सबै धान नष्ट भएको भट्टले बताए । नगरपालिका भरी भएको सबै हानी नोक्सानीको विवरण संकलन गरी छिटै प्रदेश सरकार र कृषी ज्ञान केन्द्रमा बुझाउने उनले बताए । धान बाली, तरकारी बाली, पशुपंक्षी र पशु चौपायामा भएको हानी नोक्सानीको विवरण प्रहरी मुचुल्का सहित बुझाउनु पर्ने सूचनामा उल्लेख गरीएको छ ।