सुदूर पहाडका जिल्लामा आजदेखि नेपाल एयरलाइन्सले उडान भर्दै


धनगढी– धनगढीबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाल वायुसेवा निगमले आज देखि उडान भर्ने भएको छ । विमानस्थलले उडानका लागि तालिका समेत सार्वजनिक भएको जनाएको छ ।

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने बताए । नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी रहेको विमानस्थलका प्रमुख भट्टले बताए।

प्रमुख भट्टले धनगढीदेखि डोटी दुई हजार ६ सय १५ र उताबाट धनगढी आउनका लागि दुई हजार ५ सय १५ भाडादर कायम भएको भट्टले बताए । त्यस्तै, धनगढीदेखि बझाङको तीन हजार ९ सय ९५ र उताबाट धनगढी आउदा तीन हजार ८ सय ९५ भाडादर कायम भएको उनले बताए ।

बेमौसमी वर्षातसंगै आएको बाढीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा बन्द भएकाले संस्कृति, पर्यटन तथा नागरि उड्यन मन्त्री प्रेम आलेको ठाडो आदेशमा वायुसेवा निगमले उडान सुरु गर्न लागेको बताइएको छ । अहिले सुदूरपश्चिमका पहाडी जिल्लामा धनगढीबाट समिट एयरले मात्रै उडान भर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0