थ्रिडिभिएल क्रियसनद्धारा गोदावरीमा अलपत्र एक महिलाको उद्धार


अत्तरिया – विगत २ बर्षदेखि सडक छेउमा जीवन यापन गरिरहेकी बैतडीको पाटनकी अनिता लुहारको थ्रिडिभिएल क्रियसनले कैलालीको गोदावरी नगरपालिका – ४ गोदावरीबाट  उद्धार गरेको छ ।

लुहारको उद्धार गरी धनगढीमा रहेको दृष्टि फाउण्डेसनमा बुझाएको थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले बताए । लुहारका श्रीमानको २ बर्ष अगाडी मृत्यु भएपछि घरमा छोराहरु संग मेलमिलाप नहुँदा उनी सडक किनारामा कष्टकर जिवन बिताइरहेको सूचना पाएपछि आफूहरुले उद्धार गरेको अध्यक्ष ओझले बताए ।

अध्यक्ष ओझाले भने ‘ती महिलाका घरमा २ छोरा छन । तर, घरमा मेलमिलाप नहुँदा वहा २ बर्ष देखि बिभिन्न ठाउँमा माग्दै खाने गरेकी छिन । हामीले घरमा पुगाइदिन्छै भन्दा वहाले घरमा नजाने भनेपछि दृष्टि फाउण्डेसनमा बुझाएका हौ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0