तीन दशकदेखि राजनीति गरिरहेकी कांग्रेस नेतृ पन्तको संघर्षरत कथा

0
96

अत्तरिया, कार्तिक ०६ / समाजमा महिलामाथि हुने हिंसात्म घटनाको अन्त्यका लागि २०४२ सालमा नेपाली कांग्रेसको राजनीतिमा होमिएकी कृष्णा पन्त २०७८ असोज ९ गते भएको नेपाली कांग्रेको १४औं महाधिवेशनबाट पाटन नगरपालिका वडा नम्बर ३ को सह–सचिवमा निर्वातिच भएकी छन । उनले आफ्ना दुइ जना पुरुष प्रतिद्धन्दीलाई परापजित गर्दै सह–सचिवमा आफ्नो स्थान बनाएकी हुन ।
२०४२ सालमा औपचारीक रुपमा कांग्रेसको राजनीतिमा होमिएकी पन्तले २०५३ सालमा आएर क्रियाशित सदस्यता पाएकी थिएन । लामो संघर्षपछि राजनीतिमा आफ्नो स्थान बनाएकी पन्त हाल कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ मा बस्दै आएकी छन ।
महिलाहरुका लागि त्यो समयमा रानीतिमा आउनु समाज परिवर्तको परिकल्पना गर्नु मुस्किलको कुरा थियो । त्यस बेलाका महिला घरको कामका लागि मात्र प्रयोग हुने गरेका थिए । कायौ महिलाहरु परिवारको पीडा सहन नसकी आत्महत्या गर्न बाध्य हुन्थे भने कायौ महिला घर भित्रै मारिन्थे । महिलाहरुका लागि खुलेर बाच्न निकै मुस्किल थियो त्या बेला । समजाको यस्तो अबस्था देख्दा पन्तले यो प्रवृतिलाई परिवर्तन गर्ने अठोटी लिएर राजनीतिमा आइन ।
२०४२ सालको समयमा राजनीति गर्न सहज भने थिएन । देशमा पञ्चायत व्यवस्था थियो कुनै पनि राजनीतिक दालले खुलेर राजनीति गर्न सक्ने अबस्था थिएन । लामो संघार्ष पश्चाल २०४७ सालमा प्रजातन्त्रको पुर्नबाहली हुँदा देशमा पुराना दलसंगै नयाँ दलहरु परिवर्तनका लागि राजनीतिमा लागेका थिए ।
हालको पाटन नगरपालिका वडा नम्बर ६ गुजरमा त्यसबेला महिलामाथि धेरै थिचोमिचो हुन्थ्यो । महिलाहरुले खुलेर बोल्न र हिन्न सक्ने अबस्था थिएन । पन्तले भनिन ‘मेरो गाउँका महिलाहरुले त्यो बेलामा बाहिरी संसारको बारेमा केहि बुझेका पनि थिएनन र समाजले उनिहरुलाई बुझ्ने मौका पनि दिएको थिएन । कयौ महिलाहरु दास बनेर बसेका थिए । उनिहरुका अधिकारका लागि मैले आवाज उठाए ।’
कुनै पनि महिलाले परिवार र श्रीमानका बिरुद्धमा बोल्न पाउथिनन् । उनिहरु पूर्णरुपमा बन्चीथ थिइन । यस्ता महिलाको हक हितका लागि आवज उठाउन खोज्दा मलाई नै गाउँबार निकाल्न खोजियो । गाउँका महिलाहरुलाई यसले बिगार्न थालि यसलाई मार्नु पर्छ समते भने मैले मेरो ज्यानको कुनै प्रवाह नगरि समजमा भएका हरेक प्रकारका हिंसात्मक कार्यको बिरुद्धमा आवज उठाए । त्यो बेला मलाइ मेरो श्रीमानले साथ दिनु भयो । जसका कारण आज त्यो समजमा केहि गर्न सफ भए । मेरो परिवारका सबै राप्रमा थिए, म र मेरा श्रीमान मात्र नेपाली कांग्रसमा थियौ । उनले भनिन् ।
नेपाली कांग्रेस देउवा प्यानलबाट राजनीति गरिरहेकी पन्तले बैतडीमा महिलाहरुको हक हितका लागि महत्वपूर्ण योगदान पु¥याएकी छन । जुन बेला महिला खुलेर समाजमा बोल्न र हिड्न नसक्ने कठिन परिस्थितिमा पनि उनले महिलाको अधिकारका लागि आफ्नो आवाज बुलन्द गर्न रोकिनन् । उनलाई रोक्ने हर प्रयास भए तर उनले सबै प्रयासलाई असफल बनाइ दिन ।
उनले महिला विकास समितिसंग समन्वय गरी गाउँमा महिला समुह गठन गरिन । समजमा ठुला बडाको निकै दबदबा थियो । उनिहरुका बिरुद्ध कसैले पनि बोल्ने प्रयास पनि गर्दैनथे । पन्तले पी.डी.पी. को सहयोगमा महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न प्रकारका तालिम ल्याइन । सामान्य लेखपढ गर्न नजानेका महिलाहरुका लागि प्रौढ शिक्षा, गलैचा बुल्ने, सिलाइ कटाइ लगायतका तालिम प्रदान गरेको उनले बताइन । १०÷१५ परिवार मात्र भएको गजरमा महिलाहरुका लागि राजनीति गर्नु निकै कठिन थियो । भाले बास्ने ठाउँमा पोथी बास्ने भइर भन्दै ज्यान मार्ने धम्की आउँदा पनि उनले सधै पिछडिएका महिलाको पक्षमा आवाज उठाउन छोडिनन् ।
खाने पानीको निकै समस्या भएको उक्त गाउँमा विहान ४ बजेदेखि पानी थाप्नका लागि लाइन लागेको हुन्थ्यो । जिल्लामा गइ उक्त समस्या समाधाका लागि आफ्नो पार्टी अन्य पार्टीसंग छलफल गरी सम्बन्धीन निकाय सम्म समस्या पुर्याई गाउँमा खानेपानीको सुविधा उपलब्ध गराइ कांग्रेसले राम्रो काम गर्न सक्छ भनी प्रमाणित गरेका थिायौ । उनले भनिन् ।
त्यस बेला एकल महिलाहरुका लागि बाच्न निकै मुस्किल थियो । कयौ एकल महिला बलात्कृत भइन सकैले आवाज उठाएनन् । कयौ महिलको बलात्कार गरी मृत्यु सम्म गरीयो उनिहरुको न्यायका लागि कसैले आवाज उठाउन सकेनन् । तर मैले यस्ता गलत कार्यको सधै विराध गरि रहे । धरैलाई कानूको कठघरामा पु¥याए । उनले भनिन् ‘यस्तो कठिन परिस्थितिबार गुज्रिरहेको हाम्रो समाजलाई परिवर्तन गर्नु पर्छ । महिला कसैको दास बन्नका लागि मात्र होइन । अब गरिव पीडित, शोषित महिला दलित समुदायका पक्षमा मैले वकालत गर्नु पर्छ भन्ने ठानेर मैले राजनीतिमा हाम फाले र आज सफल पनि भए ।’
अझै पनि नेपालमा महिलाहरु आफु सुरक्षित भएको महसुस गरेर हिन्न सक्ने वाताबरण छैन । साना नावालीका देखि बृद्धा अबस्थाका महिलाहरु बलात्कार भएका समाचार आउने गर्दछन । एकल महिला, गरिब, दलित, अपाङ्ग नागरिकलाई हेर्ने समजको दृष्टिकोण परिवर्तन भएको छैन । समय बदलिए पनि नेपालको परिस्थिति जुन प्रकारले बदलिनु पर्ने हो अझै बदलिन नसकेको उनको भनाइ छ । लामो समयदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेकी पन्तका श्रीमान भारतीय सेनामा जागिरे थिए । २०५९ सालमा उनी माओबादीको डरले भागेर तराई आइन । त्यो बेला माओबादीको निकै दबदबा थियो । उनका श्रीमान भारतीय सेनामा भएकै कारण उनलाई बढी डर थियो । जसको कारण उनले गाउँनै छोड्नु परेको थियो ।
भारतीय सेनमा जागिरे उनका श्रीमानको २०७० सालमा मृत्यु भएपछि उनि केहि बर्ष पति वियोगमा रहिन । लामो समयदेखि सक्रिय राजनीति गरिरहेकी पन्त पति वियोगमा रहँदा केहि बर्ष राजनीतिबाट टाढा रहिन । तर उनले आफ्नो भविश्यको लक्ष नै राजनीतिलाई बनाएकी थिइन जस कारण उनले राजनीतिबाट पाढा रहन सकिन फलस्वरुप उनि फेरी सक्रिय राजनीतिको बाटोमा आइन । राजनीतिबाट नै देशको समाजको मुहार फेर्न सकिन्छ भन्ने धेयका साथ राजनीतिमा लागेकी उनले आफ्नो जिन्दगीमा कहिल्यै पछि फर्किएर हेर्न पर्ने अबस्था आएन । पन्त सफले आफुलाई राजनीतिज्ञको रुपमा परिचित बनाउन हरपल संघर्ष गरिरहिन ।
नेपालको संविधानमा महिलाहरुलाई ३३ प्रतिशत अधिकार दिइएको छ । नेपालको संविधान अनुसार हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता हुने पर्ने व्यवस्था रहेको छ । तर महिलाहरुको सहभागीता भने तुलनात्मक हिसाबले कमै देखिन्छ । महिलाहरुका लागि बनेको कानून कागजमा मात्रै सिमित रहेको पन्तको भनाइछ । महिलाहरु अझै पनि शोषित नै छन । सबैले कागजमा लेखिए जस्तो अधिकार प्रयोग गर्न पाइरहेका छैनन । पहाडी विकट जिल्लाहरुमा अझै पुरानै परम्परा छ । महिलाहरुले कसैसंग खुलेर बाल्न पाउदैनन् । हिन्न पाउदैनन् स–साना नाबालीकादेखि बृद्धा अबस्थाका महिलाहरु बलात्कार भएका घटना बाहिरिन्छन । महिला पुरुष दुबैलाई समान अधिकार भनिएको भए पनि महिला अझै आफुलाई असुरक्षित महसुस गरिरहेको पन्तले बताइन ।
सुदूरपश्चिम नेपाली कांग्रसको पकड क्षत्र हो । प्रधानमन्त्री शेर बहालुर देउवा हाल सम्म ५ पटक प्रधानमन्त्री भइसकेका छन । सुदूरपश्चिमबाट नेतृत्व गर्ने कांग्रेस नेता लोकेन्द्र बहादुर चन्दले पनि देशको नेतृत्व गरिसकेका छन । पटक पटक सुदूरपश्चिमले देशको नेतृत्व गरिरहदा पनि हाम्रो क्षत्र अझै पछाडी नै छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा अझै यातायातको सुविधा पुगेको छैन । विद्युत सेवाबाट यस क्षेत्रका अधिकांश नागरिक बन्चीत छन । यस बारे सरकारले कुनै चासो देखाएको पाइदैन ।
पाटन नगरपालिकाले अहिले नयाँ नेतृत्व पाएको छ । हालै सम्पन्न नेपाली कांग्रेको १४औं आधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले काम गरिरहेको छ । पहिलेको भन्दा अबको नेतृत्व कर्ताले समजका लागि योगदान पु¥याउने गरी काम गर्ने पन्तले बताइन । हाम्रो नगरपालिका भित्रका १० ओटै वडामा हामी पारदर्शी र जनमुखि ढङ्गले अगाडी बढ्ने छौ । हिजोको नेतृत्वकर्ताले पनि महत्वपूर्ण काम गरेको छ । अझै त्यो भन्दा बढी जनताको माझमा पुग्ने प्रयास अबको नेतृत्वकर्ताले गर्ने छन । अबको मेरो राजनीति समाज रुपान्तरण र महिला हिंशाको अन्त्यका लागि हुने छ । राजनीति सुरु गर्दा पनि मैले यहि अठोट लिएर राजनीति गरेकी थिए । अबको मेरो जीवन देश र जनताका लागि सुम्पीने छु । महिलाको हक, हितका लागि कुनै पनि ठाउँमा पछि हट्ने छैन । उनले भनिन् ।
एकल महिलाको पीडा पन्तले राम्रोसंग बुझेकी छन । उनि पनि एकल महिला नै हुन । एकल महिलालाई हेर्ने समाजको नजर परिवर्तन हुनु पर्ने पन्तले बताइन । उनले भनिन् ‘हाम्रो समजमा एकल महिलालाई हेर्ने नजर बेग्लै छ । कहिले सम्म यसरी महिलाहरु दास भएर बस्ने, हिजो पनि यस्तै आज पनि यस्तै अब यसको अन्त्यका लागि म लडाइ लड्ने छु । २०४४÷४५ साल सम्झीदै उनले भनिन त्यस बखत पनि हाम्रो समाजमा महिलामाथि शोषण हुन्थ्यो अहिले पनि हुन्छ । केहि अद सम्म महिलाहरु माथि उठेका छन तर अझै हाम्रो लडाइ पुरा भएको छैन । समान अधिकारका र सोतन्त्रताको लागि सधै लड्ने छु ।
नेपालमा सुरक्षाकर्मी सञ्चारकर्मीले पार्टी संग सुम्बन्धी भएर काम गर्दा देशमा बढी अराजकता बढेको उनते बताइन । देशका लागि बलिदान दिने कञ्चनपुरका सहिद गोविन्द गौतम लगायत देशको सुरक्षाका लागि दिन रात खटीने सुरक्षाकर्मीलाई हामीले सध सम्मान गर्नु पर्नेमा उनले जोड दिइन । उनले सधै देशका लागि लड्ने र कांग्रेसको चारतारे झण्डा ओडे मर्ने धोको रहेको बताइन ।
अन्य पालिका जस्तो लफडा भएन
नेपाली कांग्रेसको १४औं महाधिवेशन निकै विवादित बन्यो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्लामा अन्य जिल्ला भन्दा बढी विवाद भएको थियो । डडेल्धुरा जिल्ल सभापति कर्ण मल्ल प्यानल र देउवा प्यानलविच निकै बिवाद र झडप पनि भयो । तर पाटन नगरपालिकामा त्यस्तो कुनै बिवाद नभएको पन्तले बताइन । सबै उमेद्वार बुझ्ने थिए । कसैले पनि बिवाद सिर्जना गर्न खोजेनन् । हाम्रो नगरपालिकामा सरल र शान्त रुपमा अधिवेशन सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here