भोलीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा निगमका विमानले उडान भर्ने


धनगढी – बेमौसमी वर्षासँगै आएको बाढी–पहिरोले पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएपछि भोलीबाट नेपाल वायु सेवा निगमको विमानले सुदूरपश्चिमका पहाडी जिल्लामा उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि निगमको विमानले उडान भर्ने भएको हो ।

सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा निगमले कैलालीको धनगढीबाट आइतबारदेखि नियमित सेवा सञ्चालन गर्ने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए । उनले भने, ‘बाजुरामा हाम्रो जहाज सञ्चालन थियो, अब मन्त्रीज्युको निर्देशनपछि बझाङ, बाजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुने छ ।’

बाढी–पहिरोको क्षति निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुगेका मन्त्री आलेलाई नागरिकले सडक अवरुद्ध हुँदा समस्या भएको र जहाज सञ्चालनका लागि आग्रह गरेका थिए । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सहुलियत भाडा दर कायम गरी हवाइ उडान गर्ने योजना रहेको वायुसेवा निगमको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0