बझाङको पहिरो प्रभावित क्षेत्रको हवाई निरीक्षण गर्दै फर्कियो प्रधानमन्त्री देउवाको टोली

0
29

धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको पहिरो प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका छन्। पहिरोबाट भएको क्षति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा थलारा गाउँपालिका–४ स्थित प्रभावित क्षेत्रको हवाई निरीक्षण गरी फर्किएका हुन्। बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री प्रेम आलेबाट अधिकांश क्षेत्रको हवाई निरीक्षण मात्रै भएको बताए।

चैनपुरमा भने जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्री देउवालाई क्षतिका बारेमा ब्रिफिङ गरेका थिए। देउवाले बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई उचित राहत र जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न जिल्लाका सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्। बझाङमा गएको पहिरोमा परी हालसम्म ८ जनाले ज्यान गुमाइसेका छन् भने २१ जना अझै वेपत्ता छन ।

प्रधानमन्त्री देउवा बझाङपछि बैतडी निरीक्षण गरे गृहजिल्ला डडेल्धुरा पुगेका छन्। डडेल्धुरापछि कञ्चनपुरमा निरीक्षण गरेर आज धनगढी बस्ने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here