पार्टी फुटाउन साढे ४ करोड छुट्याएको मन्त्री सोडारीको खुलासा


धनगढीः सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले एक टेलिभिजनमा अन्तर्वार्ता नयाँ खुलासा गरेका छन् ।  मन्त्री सोडारीले पार्टी फुटाउनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको खुलासा गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता समेत रहेका मन्त्री सोडारीले १० नेताको आग्रहमा एमाले फुटाएर सुदूरपश्चिममा नयाँ पार्टी बनाउन प्रत्येक जिल्लामा ५०/५० लाख भौतिक पूर्वाधार विकास मन्त्रालयले छुट्याएको बताए। उनले १० नेता भनेर भीम रावल लगायतका नेतातर्फ संकेत गरेका छन् ।

उहाँहरुको निर्देशनमा, सुदूरपश्चिममा नयाँ पार्टी बनाउन पर्छ भनेर ५०/५० लाख रुपैयाँ प्रत्येक जिल्लामा छुट्याएको मन्त्री सोडा्रीले उक्त कार्यक्रममा खुलासा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0