बाढीपहिरो पीडितलाई घर बनाउन ३ देखि ५ लाखसम्म दिने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं, । बाढी पहिरोबाट घर भत्केकाहरुलाई घर निर्माण गर्न सरकारले ३ देखि ५ लाख सम्मको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा घर बनाउन ५ लाख र तराईमा ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

आजको बैठकले घर निर्माणको लागि जग्गा नहुनेलाई थप ३ लाख उपलब्ध गराउने भएको छ भने विपद् व्यवस्थापन समितिको तर्फबाट घरबार नभएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने आज निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0