प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम आउने भएका छन् । कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षाका कारण जनधनको व्यापक क्षति भएपछि प्रधानमन्त्री देउवा त्यहाँको स्थलगत अवलोकनका लागि सुदूरपश्चिम आउन लागेका हुन् ।
काँग्रेस नेता रमेश लेखकले सम्भव भए आजै नभए भोलि देउवा सुदूरपश्चिम आउने तय भएको बताए । आजै लेखकले देउवालाई बालुवाटारमा भेटेर वर्षापछिको बाढी पहिरोका कारण भएको जनधनको क्षतिबारे देउवालाई जानकारी गराएका थिए । बाढी पहिरोका कारण ३ दिनको अवधिमा ५० जनाले ध्यान गुमाइसकेका छन् ।