बझाङको खप्तडछान्नामा पहिरो जाँदा ५ जनाको मृत्यु

0
33

धनगढी: बझाङमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ का धर्मराज रोकायाको घर पहिरोले पुर्दा रोकाया र उनकी श्रीमती जयसरा रोकायाको ज्यान गएको छ। यस्तै खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा बिचारी गिरीको ज्यान गएको बझाङका पत्रकार डिबी विष्टले जानकारी दिए। उनकी श्रीमती बेपत्ता भएकी छिन्।

यस्तै जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा बेपत्ता भएका २३ जनामध्ये दुई जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुको सनाखत हुन सकेको छैन। अन्य २१ जनाको खोजी भइरहेको छ। सुदूरपश्चिममा बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २३ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here