बाढीपहिरोमा परी देशभर ४८ जनाको मृत्यु, ३१ अझै बेपत्ता


काठमाडौं । विगत ४ दिनदेखिको अविरल वर्षाका कारण देशभर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । भने अझै ३१ जना बेपत्ता रहेका छन् ।
गृहमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २३ जना घाइते भएका छन् । गत आइतबारदेखी परेको अविरल बेमौसमी वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

त्यसपछि पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छ÷छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको छ ।

पहिरामा परेर सबैभन्दा बढी बझाङ्मा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0