बझाङमा बेपत्ता २३ जनाको खोजीका लागि सेना परिचालन

0
41

धनगढीः बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरोमा परी बेपत्ता भएका २३ जनाको खोजीका लागि रेस्क्यु टोलीसहितको नेपाली सेनाको हेलिकप्टर बझाङ पुगेको छ। खोजी गर्न गएको हेलिकोप्टर देवल विमानस्थलमा ल्यान्ड गरेको थियो।

अहिले नेपाली सेनाको हेलिकप्टरमार्फत पहिरोमा परेकाहरूको उद्धार र खोजी कार्यको लागि आवश्यक राहत र औषधि बोकेर रेस्क्यु टोली घटनास्थल गइसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए। पहिरोले तल्लो डिख्ला र माथिल्लो डिख्लाका १७० परिवार विस्थापित भएका छन् भने ७ घर पुरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here