कैलालीका बस्तीमा पस्यो कर्णाली नदी

0
12

धनगढीः कर्णाली नदीमा आएको बाढीले जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटास्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरमाथिको सल्याप भत्काएको छ। पुलको पूर्व तिरको सल्याप भत्किएर नदी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। नदीको पानी नजिकै रहेको बस्तीमा पसेर अन्दाजी ५० घर डुबाएको उनले बताए। साथै पूल भत्किँदा आवतजावत पूर्ण रुपमा बन्द भएको छ।

यस्तै मंगलबार दिउँसो साढे १२ बजेतिर टीकापुर नगरपालिका–५ शाहीपुरस्थित निर्माणाधिन तटबन्ध भत्किएर नदी गाउँ पसेको छ। गाउँमा पसेको बाढीले क्षति पुर्याउन सक्ने भन्दै दक्षिणका गाउँका मानिसलाई माइकिङ गरेर घर छोडन लगाइएको टीकापुर नगरपालिका–५ का वडा सदस्य बलबीर चौधरीले जानकारी दिए।

कर्णाली नदीमा बाढी बढ्दो क्रममा छ। अहिलेको मापन अनुसार कर्णाली नदीको जल सतह १२ मिटर ८० सेन्टिमिटर पुगेको छ भने, नदी बढ्दो क्रममा रहेको चिसापानी कर्णालीका गेज रिडर पार्वती गुरुङले जानकारी दिए। कर्णालीमा खतराको तह १०.८ मिटर मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here