बाढीपहिरो पीडितको तत्काल उद्दार गर्न प्रधानमन्त्री देउवाको निर्देशन


धनगढी: प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो र डुबानबाट प्रभावितको तत्काल उद्दार गर्न गुह मन्त्री बालकृष्ण खाँडलाई निर्देशन दिएका छन्। आइतबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा डुबानको समस्या निम्तिएको छ। ती क्षेत्रमा रहेका पीडितहरुको उद्दार गरी राहतको व्यवस्था गर्न समेत प्रधानमन्त्री देउवाले गृहमन्त्रीलाई निर्देशन दिएका छन्।

वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा पहिरो गएको छ। महाकाली, सेती र कर्णाली नदीको जलस्तर उच्च बिन्दुमा पुगेको छ। कञ्चनपुरको महाकाली टापुमा ५ जना फसेका छन्। यस्तै डडेल्धुरामा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। वर्षाकै कारण पहाडी ७ जिल्लामै विद्युत तथा सञ्चार सेवा अवरुद्ध बनेको छ। २ दिनदेखि भइरहेको वर्षाका कारण तराईका २ जिल्ला डुबानमा परेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0