पहिरोमा पुरिएर डडेल्धुरामा एक जनाको मृत्यु

0
171

डडेल्धुराः डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दका अनुसार हालसम्म एक जनाको मृत्यु भएको जानकारी मात्रै आएको छ। यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी २ जना घाइते भएका छन्। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए।

डडेल्धुरा फोन सम्पर्कबिहीन भएकाले त्यहाँको स्थितिको बारेमा थप जानकारी लिन सकिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here