प्रशासकीय अधिकृत जोशीको बिदाई कार्यक्रम सम्पन्न


अत्तरिया – गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबराज जोशी को आईतवार एक कार्यक्रमका बिच बिदाई गरिएको छ । लोक सेवा मार्फत भएको परीक्षामा जोशी ले सह–सचिबमा पदमा नाम निकालेपछि उनको बिदाई गरिएको हो । गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउँद , उपप्रमुख रत्ना कडायतले जोशीलाई खादा अबिर लगाउँदै बिदा गरेका हुन । जोशीले गत बर्षको कार्तिक १ गते देखि नगरपालिकाको जिम्मेवारी सम्हालेका थिए । उनी सरल र ईमानदार राष्ट्र सेबक कर्मचारी रहेको उनका सहकर्मीहरुले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0