कैलालीको राजिपुरमा विङ्गर र मोटरसाइकल ठोक्किँदा १५ जना घाइते


धनगढी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा विङ्गर र मोटरसाइकल ठोक्किँदा १५ जना घाइते भएका छन्।

से १ ज ११०५ नम्बरको विङ्गरले से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विङ्गरमा सबार ११ र एक जना मोटरसाइकल चालक गरी १५ जना घाइते भएका हुन्।

मङ्गलवार १०ः३० बजेको समयमा जिल्ला कैलाली गौरीगंगा न.पा. ०४ स्थित शीर्ष पेट्रोल पम्प नजिक पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको गोदावरी न.पा.वडा न. १० ओलानी बस्ने वर्ष २७ को नवीन राज पाण्डेयले चलाएको से. १ ज. ११०५ नं. को विङ्गरले सोही पम्पबाट निस्किई बाटो क्रस गरी रहेको ध.उ.म.न.पा १७ बस्ने वर्ष २७ को लक्ष्मण चौधरीले चलाएको से. ६ प ५०२ नं. को मोटरसाइकल लाई ठक्कर दिई अनियन्त्रित भई सडकको दाहिने तर्फको नालामा खस्दा विङ्गरमा सवार यात्रु तथा मो.सा. चालक समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विषटका अनुसार उक्त दुर्घटनामा परि निम्न व्यक्तिहरू घाइते भएका छन् ।

१. मो.सा. चालक जिल्ला कैलाली ध.उ.म.न.पा १७ बस्ने वर्ष २७ को लक्ष्मण चौधरी दुवै खुट्टा र टाउकोमा चोट ।
२. जिल्ला कैलाली टिकापुर न.पा. ०३ बस्ने वर्ष ३५ को रमेश चौधरी टाउकोमा चोट ।
३. ऐ.ऐ बस्ने वर्ष २६ को सैरब चौधरी दुवै खुट्टामा चोट ।
४. ऐ.ऐ ०१ बस्ने वर्ष २८ को अमिर चौधरी खुट्टामा चोट ।
५. ऐ. बर्दगोरिया गा.पा. ०१ बौनिया बस्ने वर्ष २३ की सुस्मा साँउद हात र टाउकोमा चोट ।
६. जिल्ला बाँके कोहलपुर न.पा. ०३ बस्ने वर्ष ३६ को महेश बहादुर चन्द हात र खुट्टामा चोट ।
७. ऐ.ऐ बस्ने वर्ष ३५ की सन्जु के.सी. चन्द खुट्टा र टाउकोमा चोट ।
८. ऐ.ऐ बस्ने वर्ष ०७ को समीर चन्द छातीमा चोट ।
९. जिल्ला कञ्चनपुर लाल झाडी गा.पा. ०५ बस्ने वर्ष १८ को दिपेश बिष्ट खुट्टा र मुखमा चोट ।
१०. विङ्गर शाहु जिल्ला कैलाली गोदावरी न.पा. चौकीडाँडा बस्ने वर्ष ३२ को केशव राज भण्डारी खुट्टा र टाउकोमा चोट ।
११. जिल्ला कैलाली ध.उ.म.न.पा ०७ बस्ने वर्ष २४ की सरस्वती चौधरी हात र खुट्टामा चोट ।
१२. जिल्ला कैलाली लम्की-चुहा न.पा. ०७ बस्ने वर्ष ३० को अजय पाण्डेय खुट्टामा चोट ।
१३. ऐ.ऐ बस्ने वर्ष ०३ की अनुषा पाण्डेय टाउ र खुट्टामा चोट ।
१४. जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ०६ बस्ने वर्ष ३४ को दीपक सुनार खुट्टामा चोट ।
१५. जिल्ला कैलाली गोदावरी न.पा. वडा. न १० बस्ने वर्ष २३ को नरेन्द्र साँउद खुट्टामा चोट ।

घाइतेहरूलाई उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाई उपचार भइरहेको र विङ्गर चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0