बाजुरामा पहिरो खस्दा, कर्णाली नदी थुनियो


धनगढीः बाजुरा क्षेत्रमा सुक्खा पहिरो खसेपछि कर्णाली नदी थुनिएको छ। सुक्खा पहिरो खस्या खस्यै भएपछि नदी थुनिएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स्वामिकात्तिक गाउँपालिका वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको हो। नदी थुनिएर एक किलोमिटर ड्याम बनेको बताईएको छ। पहिरो खस्ने क्रम पनि जारी रहेको प्रहरीले जनाएको छ।

बिहान पूर्णरुपमा थुनिएको नदी अहिले भने प्राकृतिक रुपमा आफैं बग्न थालेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0