इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमै एक जना मृत फेला

0
24

टीकापुर – ईलाका प्रहरी कार्यालय टीकापुरमा एक जना मृत फेला परेका छन ।

हिरासतमा राखिएका ३५ वर्षिय धन बहादुर राना मगर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन । रानामगरलाई आइतबार प्रहरी चौकी तोरैयाँपुरले पक्राउ गरेर टीकापुरलाई बुझाएको थियो ।

हिरासत कक्ष भित्र रहेको शौचालयको भेन्टिलेसनको जाली च्यातिएको झ्यालको सरियामा सेतो स्याण्डो (गन्जी) को डोरी बनाई घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा शव फेला परेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । गाउँमा भैंसी चोरेर लादै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here