अत्तरिया, कैलालीको अत्तरियामा नेकपा एमाले गोदावरी नगर कमिटिको आयोजनामा दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सुरु भएको छ ।
अत्तरियामा रहेको पतजंली योगा हलमा पुर्वमन्त्री तथा सुदुरपश्चिम प्रदेशका ईन्चार्ज लेखराज भट्टको प्रमुख अतिथीमा उक्त कार्यक्रम सुरु भएको गोदावरी नगर कमिटिका सचिव आनन्द भट्टले बताए ।
लामो समय कोरोना महामारीका कहरका कारण नेता कार्यकर्ताहरु बिचको दुरी अलि फराकिलो हुदै गरेकाले यि यस्ता कार्यक्रमबाट समधुरु सम्बन्धको बिस्तार हुने समेत उनले बताए ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्मि प्रदेश ईन्चार्ज लेखराज भट्टको प्रमख आतिथ्यमा सूरु भएको कार्यक्रममा नेपाली कांग्रेस गोदावरी नगरसभापती प्रकाश उप्रेती, राप्रपा गोदावरी नगर अध्यक्ष दुर्गा पोखरेल नेकपा एमाले जिल्ल कमिटी सदस्य लगाएत युवा संघका केन्द्रिय सदस्य कैलाली जिल्ला अध्यक्ष नगर कमिटी अध्यक्ष र प्रतिनिधिको उपस्थिति रहेको छ ।
त्यस्तै कर्यक्रमा गोदावरी नगरपालिका प्रमुख हरि सिंह साउँको पनि सहभागिता रहेको गोदावरी नगर कमिटिका सचिव आनन्द भट्टले जानकारी दिए ।