प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि डोटी र डडेल्धुरा भिड्दै


धनगढी – डडेल्धुरा र डोटी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधिका लागि डोटी डडेलधुराबिच खेल सुरु भएको छ । शनिबार भएका सेमिफाइनल खेलमा डोटीले कैलाली र डडेल्धुराले कञ्चनपुरलाई पराजित गर्दै फाइनमा पुगेका हुन ।

शनिबार भएको सेमिफाइनलमा कैलालीलाई डडेल्धुराले ३–१ ले पराजित गरेको थियो । यस्तै डडेल्धुराले कञ्चनपुरलाई ३–२ ले पराजित गर्दै फाइनलमा पुगेको हो । प्रतियोगिताको फाईनल खेल आजै हुदैछ । धनगढीमा जारी प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी दिइने छ ।

प्रतियोगिताको उपविजेतालाई नगद ५० हजारसहित ट्रफी दिइनेछ भने प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीमलाई पच्चिस पच्चिस हजार नगदसहित ट्रफी दिइने छ । विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0