महाकाली अस्पतालमा सुत्केरीको मृत्यु


कञ्चनपुर– कञ्चनपुरको महाकाली अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। शनिबार बेदकोट नगरपालिका–९ की २४ वर्षीय भागरथी साउँद धामीको मृत्यु भएको हो। बच्चा जन्माइसकेपछि साल नझरेको र धेरै रगत बगेपछि उनको मृत्य भएको महाकाली अस्पतालका मेसु हरिकुमार श्रेष्ठले बताए।

उनका अनुसार अक्सिजनको मात्रा कम भएपछि शनिबार बिहान १ बजे सुत्केरीको मृत्यु भएको हो। बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको डा. श्रेष्ठले बताए।

मृतकका आफन्तले महाकाली अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन्। बच्चाको हेरचाह र घटनाको छानविन गर्न धामीका श्रीमान महेन्द्र धामीले आग्रह गरेका छन्।

अहिले पीडित पक्ष र महाकाली अस्पताल प्रशासनबीच छलफल भइरहेको छ। महाकाली अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0