सुदूरपश्चिमले पायो २ मन्त्री, प्रेम आले पर्यटन र दिलेन्द्र बने कानुनमन्त्री

0
73

धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। सरकार गठन भएको ८८ दिनपनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छ।

आज साँझ मन्त्रीहरुको शपथ रहेको छ। आज विस्तार गरिएको मन्त्रिपरिषद्मा सुदूरपश्चिमबाट दुई मन्त्री बनेका छन्। डोटीबाट प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीका प्रेम आले र दार्चुला कांग्रेसबाट समानुपातिक सांसद दिलेन्द्रप्रसाद बडु मन्त्री बनेका हुन् ।

बडुलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिईएको छ भने आलेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here