पूर्व वनमन्त्री प्रेम आले सहरी विकास मन्त्री बन्दै


माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम सार्वजनिक गरेसँगै मन्त्रालय पनि टुँगो लगाएको हो । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने पक्का भएको भनिएपनि रामकुमारी झाँक्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनाउने निर्णय भएको हो ।

त्यस्तै, पर्यटनमन्त्री बन्ने चर्चामा रहेका प्रेम आले भने सहरी विकास मन्त्री पक्का भएको छ । पार्टीबाट सरकारको नेतृत्व गरेर सहभागी हुन लागेका विरोध खतिवडाले भने स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी लिने भएका छन् ।

त्यस्तै, किसान श्रेष्ठलाई भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा भने भवानी खापुङलाई पठाउने निर्णय भएको पनि उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0