सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्दै


धनगढी – सुदूरपश्चिम प्रदेशको राजनीतिक वृत्तमा फेरी नयाँ सरकारको चर्चा चलेको छ । नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको सरकार फेरिने सम्भावना रहेको छ ।
केन्द्रबाट नै सरकार फेर्ने कसरत भईरहेको बुझिएको छ । संघीय सरकारको सत्ता गठबन्धनमा रहेका दलबीच कांग्रेसले सुदूरपश्चिम र नेकपा (एकीकृत समाजवादी)ले प्रदेश नम्बर १ तथा बागमती प्रदेश सरकारको नेतृत्व गर्ने समझदारी भएको कांग्रेस सुदूरपश्चिमका एक नेताले बताएका छन ।

कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता रणबहादुर रावलले वर्तमान सरकारले काम गर्न नसकेकाले नेतृत्व फेरबदल गर्नुपर्ने बताए । केन्द्रमा छलफल भइरहेको र सुदूरपश्चिम सरकारबारे गठबन्धनले गरेको निर्णय नै कार्यान्वयन हुने उनको भनाइ छ । उनले प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिने सम्भावना रहेको बताए ।

रावलका अनुसार केन्द्रमा मन्त्रिपरिषद् बिस्तार भएलगत्तै सुदूरपश्चिम, बागमती र प्रदेश १ को सरकार परिवर्तन र सत्ता साझेदारीको कुरा ठोस रुपमा अगाडि बढ्ने छ । अहिले कर्णाली र लुम्बिनीमा नेकपा (मोओवादी केन्द्र) नेतृत्वको सरकार छ । गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार छ । प्रदेश २ मा संघीय समाजवादीको सरकार छ ।

सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दुई दुई प्रदेशको नेतृत्व गर्ने समझदारीले केन्द्र सरकार गठनको कामले पूर्णता पाएसँगै अगाडि बढ्ने समझदारी सत्ता गठबन्धनभित्र भएको सुदूरपश्चिमका कांग्रेस नेताहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0