रेफ्रीको निर्णय अस्वीकार गरेको भन्दै अछाम र बझाङको टीममाथि कारबाही

0
17

धनगढी – धनगढीमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगितामा अछाम र बझाङको टिममाथि कारबाही भएको छ। दुबै टिमले रेफ्रीको निर्णय अस्वीकार गर्दै आधा खेलमै कोर्ट छाडेपछि कारबाही गरिएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ।

परिषद्का सदस्य सचिव दीपक सिंहले खेल अनुशासन नदेखाएका दुबै टिममाथि कारबाही गरिएको बताए। ‘दुबै टिमले रेफ्रीको निर्णय अस्विकार गर्दै बिचमै खेल छाडेका थिए,’ सिंहले भने, ‘उनीहरुलाई प्रतियोगिताका बाँकी खेल खेल्न नपाउने गरी कारबाही गरिएको छ। प्रतियोगिता सकिएपछि थप कारबाहीको प्रक्रिया अगाडि बढ्छ।’

बिहीबार भएको डोटी र अछामबिचको खेलमा अन्तिम सेटमा विवाद गर्दै अछामले खेल छाडेको थियो। बिहीबार नै भएको बझाङ र बैतडीको खेलमा बझाङले विवाद गर्दै खेल बिचमै छाडेको थियो। सो क्रममा प्रहरी र खेलाडीबीच हात हालाहाल नै भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here