भीमदत्तमा मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयन


कञ्चनपुर – भीमदत्त नगरपालिकामा मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयनमा ल्याइएको छ । नगरपालिकाको वडा नम्बर १ देखि मेट्रिक प्रणालीअन्तर्गत घर नम्बर राख्न सुरु गरिएको हो । नगरपालिका क्षेत्रमा रहेका घरको पहिचान सहजै गर्न मेट्रिक विधिमा आधारित रहेर घर नम्बर राख्न सुरु गरिएको छ ।

सडकका चोक, सार्वजनिक स्थानलगायत निश्चित घरको दूरीका आधारमा घरको ठेगाना पत्ता लगाउने विधि नै मेट्रिक घर नम्बर प्रणाली भएको नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।

सडकका चोक, सार्वजनिक स्थानलगायत निश्चित घरको दूरीका आधारमा घरको ठेगाना पत्ता लगाउने विधि नै मेट्रिक घर नम्बर प्रणाली भएको नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0