नेकपा एसमा प्रवेश गर्दै भानुभक्त जोशीले भने– एमाले नीति र सिद्धान्त अनुसार चलेन

0
10

काठमाडौं: बिहीबार नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। बहीबार पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन्।

जोशीलाई पार्टीमा प्रवेश गराउँदै नेकपा (एस)का अध्यक्ष माधव नेपालले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको पनि आरोप आरोप लगाए। एमाले सामुहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको अध्यक्ष नेपालले दाबी गरेका छन्।

कार्यक्रममा नेता भानुभक्त जोशीले पार्टीमा आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रिय कमिटीबाट राजीनामा दिएको बताए । पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशनको पालना नभएकाले एमाले छाडेको जोशीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here