टि.बि.इन्जिनियरिङ्ग प्रा.लि.को नयाँ शाखा अत्तरियामा सञ्चालन

0
334

अत्तरिया, असोज २१– टि.बि.इन्जिनियरिङ्ग कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन प्रा.लिको शाखा कार्यालय अत्तरियामा सञ्चालन भएको छ । बिहिवार एक कार्यक्रमका बिच उक्त कन्सट्रक्सन प्रा.लिको उद्घाटन गरिएको हो । प्रधान कार्यालय डडेल्धुराको अमरगढी नगरपालिका–५ मा रहेको छ भने नयाँ शाखा कार्यालय अत्तरियामा सञ्चालन गरिएको छ ।
इन्जिनियरिङ्ग परामर्श तथा निर्माण कम्पनीद्धारा सञ्चालित उक्त प्रालिले आकर्षण घरको नक्सा बनाउने तथा डिजाइन गर्ने, विभिन्न बैंकहरुका लागि धित्तो मूल्याङ्कन गर्ने र डिटेल गर्ने गरी गुरु योजना÷ मास्टर प्लान तयार पार्ने उद्देश्य लिएको छ ।
उद्घाटन कार्यक्रममा टि.बि.इन्जिनियरिङ्ग कन्सलटेन्सी एण्ड कन्सट्रक्सन प्रा.लिका एमडी डम्बर साउँद, उत्तरिया शाखा प्रमुख इन्जिनियर धन बहादुर बम, कृषी बिकास बैक डडेल्धुरा शाखा कर्जा विभाग प्रमुख सुरेश रावल, पीसजोन एकेडेमी डोटीका प्रधानाध्यापक भिम बलायर, आँखा अस्पताल डडेल्धुरका कर्मचारी हिक्मत खडायत, सुप मिडिया एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक हेमराज अबस्थी र उक्त कम्पनीका कर्मचारी प्रेम बहादुर ऐर लगाएतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here