नेकपा अछामको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान सम्पन्न


कमल विक अछाम-  नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान समापन गरेको छ। मंगलबार एक कार्यक्रमको आयोजना गर्दै अछामको मंगलसैन नगरपालिका वडा नं १ सुवाखाद बजारमा उक्त अभियानको समापन गरिएको हो।
गत साउन महिनाको ५ गते नेकपा को जिल्ला पार्टी कार्यालय मंगलसैनमा उदघाटन भएको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान विभिन्न कामहरु गर्दै करीब तीन महिना पछि समापन गरिएको हो। उक्त अभियानले अछामका सबै एरिया हरुमा पार्टी कमिटी , जनवर्गीय संगठनहरु बिस्तार लगाएत जनश्रम र खबरदारीका कामहरु गरेको छ ।
अभियान समापन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिना ुसंघर्षु ले अभियानले अफ्नो उदेश्य कुशलता पूर्वक हासिल गरेको त्यसकालागि सम्पूर्ण सहयोगि जनसमुदाय र नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता हरुलाइ हार्दिक धन्यबाद ज्ञापन गर्नु भएको छ।

साथै अभियानले अध्ययन गरेका विभिन्न कुराहरूको जिल्लाको बैठक बाट निर्णय गरेर अगाडि बढ्ने बताउँनु भएको छ।
उहाँले वर्तमान समयमा दलाल संसदीय व्यवस्थाको असफलताका कारण देश सङ्कटमा परेको भन्दै यसको विकल्प वैज्ञानिक समाजवाद नै भएको बताउनु भएको छ। त्यसका लागि अफ्नो पार्टीले जनमत संग्रहको एजेन्डा अगाडि सारेको बताउँनु भएको छ।
कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी अछामका नेता कार्यकर्ता लगायत स्थानीयको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति अछामका कार्यालय सचिव लोकेन्द्र शाहिले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0