गोदावरीमा १८ बर्ष पुगेका सबैलाई कोरोना खोप लगाइने


अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले १८ बर्ष उमेर पुगेका सबै नागरिकलाई कोरोना खोप लगाउने भएको छ ।
नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै असोज २२ गते देखि १८ बर्ष उमेर पुगेका सबै नागरिकलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउने जनाएको हो ।

कार्यक्रमका त्यस्तै असोज २२ देखि २४ गते हाटखोली शहरी क्लिनिक र असोज २२ र २३ गते फुलबस्ती शहरी क्लिनिक खोप कार्याक्रम संचालन हुने जनाइएको छ ।

निमित्त स्वास्थ्य शाखा प्रमुख कँवरले खोप लगाउन आउँदा अनिवार्य रुपमा उमेर खुल्ने प्रमाण पत्र ल्याएर आउनु पर्ने बताए । खोप कार्यक्रम बिहान १० बजे देखि साँझ ४ बजे सम्म संचालन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0